संसदीय सुनुवाई समितिका सदस्यलाई धम्की आएपछि सरकारले खटायो सुरक्षाकर्मी


काठमाडौं– प्रधानन्यायधीशको संसदीय सुनुवाई ढिलो भएको भन्दै अज्ञात व्यक्तिले सुनुवाई समितिका सदस्यहरुलाई धम्की दिएको खुलासा भएको छ । प्रधानन्यायधीश दिपकराज जोशीको सुनुवाईमा अन्यौलता भइरहेको बेला सत्तारुढ दलकै सांसदहरुलाई धम्की आएको स्रोतको दाबी छ ।

उनिहरुले आफुमाथि सुरक्षा थ्रेट रहेको बताएका छन्। समितिका केही सदस्यहरुले सुरक्षा थ्रेट महसुस गरेपछि गृहमन्त्रालयले उनीहरुलाई पिएसओ खटाएको छ । काठमाडौं जिल्लाको सुरक्षा समितिको बैठकले सुरक्षा मुल्यांकन गरेपछि उनिहरुलाई पिएसओ खटाउने निर्णय गरेको हो ।

नेकपाकी समानुपातिक सांसद निरुदेवी पाललगायत सांसदहरुलाई धम्की आएको बताइएको छ । जोशीको सुनुवाई ढिलाई भएको भन्दै फोनमार्फत धम्की दिइएको बताइएको छ । संसदिय सुनुवाई समितिको बुधवारको बैठकमा अधिकांश सांसद पिएसओसहित उपस्थित भएका छन् । केही सांसदहरुले भने पिएसओ लिन अस्विकार गरेका छन् ।

प्रधानन्यायधीशमा सिफारिस भएका जोशीको शैक्षिक प्रमाणपत्र तथा फैसलाहरु विवादास्पद भएको भन्दै सत्तारुढ दल नेकपा उनलाई अनुमोदन नगर्ने निर्णय गरिसकेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने जोशीको नाम अनुमोदन गर्नुपर्ने पक्षमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement