सनसिटी अपार्टमेन्टमा बस्ने सबैको र्‍यापिड टेस्ट सुरु

सनसिटी अपार्टमेन्टमा बस्ने सबैको र्‍यापिड टेस्ट सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा दुई जनामा कोरोना भाइरसको संक्रमण भेटिएपछि सबै जनाको र्‍यापिड टेस्ट गर्न सुरु गरिएको छ।

चैत ५ गते बेलायतबाट फर्किएका एकै परिवारका ३ जनामा र्‍यापिड टेस्ट गर्दा पोजिटिभ देखिएको थियो । यद्यपि, पिसिआरबाट परीक्षण गर्दा ८१ वर्षीय आमा र ५८ वर्षीय छोरामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उक्त परीक्षणमा ५१ वर्षीया बुहारीमा भने कोभिड १९ नेगेटिभ पाइएको थियो ।

दुईजनामा संक्रमण देखिएसँगै सनसिटीमा बस्दै आएका अधिकांश व्यक्तिहरुले आफूहरुको पनि परीक्षण गराउन माग गरेका थिए । त्यसै अनुरुप कागेश्वरी मनोहरा नगरपालिकाले स्वास्थ्य मन्त्रालयको सहयोगमा र्‍यापिड टेस्ट गर्न सुरु गरेको हो ।

कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले अनुसार बिहान १० बजेबाट र्‍यापिड टेस्ट गर्न सुरू गरिएको जानकारी दिए ।

संक्रमितको अपार्टमेन्टमा दुई जना कामदार पनि थिए । संक्रमितहरु अहिले पाटन अस्पतालको आइसोलेसनमा रहेका छन् ।