काठमाडौं – काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने सबै जनाको र्यापिड टेस्टमा कोरोना नेगेटिभ आएको छ । ‘ब्लक ए’ मा रहेका सबैको परीक्षण गरिएको थियो ।
चैत ५ गते बेलायतबाट फर्किएका एकै परिवारका ३ जनामा र्यापिड टेस्ट गर्दा पोजिटिभ देखिएको थियो । यद्यपि, पिसिआरबाट परीक्षण गर्दा ८१ वर्षीय आमा र ५८ वर्षीय छोरामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उक्त परीक्षणमा ५१ वर्षीया बुहारीमा भने कोभिड १९ नेगेटिभ पाइएको थियो ।
दुईजनामा संक्रमण देखिएसँगै सनसिटीमा बस्दै आएका अधिकांश व्यक्तिहरुले आफूहरुको पनि परीक्षण गराउन माग गरेका थिए ।
त्यसै अनुरुप कागेश्वरी मनोहरा नगरपालिकाले स्वास्थ्य मन्त्रालयको सहयोगमा र्यापिड टेस्ट गर्न सुरु गरेको थियो । संक्रमितहरु अहिले पाटन अस्पतालको आइसोलेसनमा रहेका छन् ।




प्रतिक्रिया