टिपरले ठक्कर दिएर दुई बालिकाको मृत्यु भएपछि सुन्दरीजल क्षेत्र तनावग्रस्त

टिपरले ठक्कर दिएर दुई बालिकाको मृत्यु भएपछि सुन्दरीजल क्षेत्र तनावग्रस्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु भएपछि सुन्दरीजल क्षेत्र तनावग्रस्त भएको छ ।

गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा बुधबार बिहान बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिँदा स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत सृष्टि र श्रेया घिसिङको मृत्यु भएको थियो । उनीहरूका बुबा रोहन घिसिङ घाइते भएका छन् ।

उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । घटनापछि स्थानीयले सुन्दरीजल सडक खण्डमा विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शन भएपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्याससमेत प्रहार गरेको छ ।

छोरीहरूलाई स्कुल पु¥याउन जाँदै गर्दा टिपरले मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपर ब्याक गर्ने क्रममा मोटरसाइकललाई च्यापेको थियो ।उक्त घटनापछि स्थानीयले ठक्कर दिने टिपरमा आगजानी गरेका छन् ।