काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर निको हुनेको संख्या ५६९९ रहेको छ । त्यसैगरी, पछिल्लो २४ घण्टमा विभिन्न आइसोलेसन र कोभिड अस्पतालहरूमा उपचाररत थप १६ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १३२१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ल्याबमा जम्मा ८ हजार ३२ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १६ लाख ६० हजार ७५ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया