काठमाण्डु – विसं २०७८ साल जेठ ०२ गते आइतबार । इस्वी सन् २०२१ मे १६ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्याेदय बिहान ०५ बजेर १७ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४६ मिनेटमा ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) माया प्रेममा सामीप्यता बढ्नुको साथै पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ । विद्यामा सोचेजस्तै सफलता पाइनेछ ।
बृष (इ, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) बोलीको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्त्वपूर्ण कामहरू फत्ते गर्न सकिनेछ । प्रेमप्रसङ्मा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुशी हुनेछ ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) पढाइ लेखाइमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुशी रहनेछ ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा वा सवारी साधनको प्रयोग गर्दा तथा चलाउँदा ध्यान दिनुहोला ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) माया प्रेममा सामीप्यता बढेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रसन्न हुनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) पढाइलेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेको छ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना भए पनि अन्ततः एकअर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिने समय रहेको छ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) । मायाप्रेम तथा पतिपत्नीबीचको सम्बन्धको गाँठो कसिलो भएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा अरूलाई पछाडि पारिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।
बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यु) राजनीति गर्नेहरूले सहकर्मीहरूलाई किनारा लगाउँदै पदप्रतिष्ठा पाउनेछन् । माया प्रेममा सामीप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) लामो समयदेखि थाँती रहेको आर्थिक मुद्दाहरू हल भएर जानेछन् । लामो दूरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूले मनग्य रुपैयाँ पैसा कमाउन सक्नेछन् ।
मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) जीवनशैली व्यास्त भए पनि आर्थिक रूपमा पछि नै परिनेछ । आमा तथा आफ्नैबाट टाडिनुपर्ने बाध्यता आउनेछ । मायाप्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ भने साथीभाइले नै धोका दिन सक्छन् ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) पढाइ लेखाइमा अरूभन्दा एक कदम अघि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ ।सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले साहसिलो काममा हात हाल्नुहोला, सफलता मिल्नेछ । वादविवाद तथा मुद्दा मामिलामा तपाईंकै जित हुनेछ ।




प्रतिक्रिया