आइतबार तपाईँको दिन कस्तो रहला ? यस्ताे छ राशिफल

आइतबार तपाईँको दिन कस्तो रहला ? यस्ताे छ राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  विसं २०७८ साल जेठ २३ गते आइतबार । इस्वी सन् २०२१ जुन ०६ तारिख । नेपाल संवत् ११४१ ।  काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५५ मिनेटमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउँन सक्छ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) मायाप्रेममा एकअर्कालाई अविश्वास गर्नाले बाध्यता बस टाडा हुनुपर्नेछ । आफन्त तथा सन्तानले तपाईंको काममा सहयोग नगर्ने तथा भनेको नमान्दा महत्त्वपूर्ण अवसरहरू गुम्न सक्छ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछाडि परेको भान हुनेछ । छातीसम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । प्रेम प्रसङ्गमा रमाउने चाहनेका लागि समय मध्ययम रहेको छ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)  पतिपत्नी तथा मायाप्रेममा अविश्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)  तपाईंको नराम्रो सोच्नेहरू आफै किनारा लाग्नेछन् । शत्रु परास्त हुनेछन् भने ठूलावडाको आशीर्वादले अगाडि बढ्न सहज हुनेछ । परिवारमा मेलमिलापको भाव बढ्नेछ भने एक अर्काबीच आत्मीयता वृद्धि भएर जानेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) सहयोग गर्नेभन्दा आश्वासन बाढ्नेहरू धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई सुरु गरेका काम सम्पादन गर्न सकिने अवस्था रहनेछैन । मनोबल कमजोर हुने हुनाले विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) पढाइलेखाइमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफू तथा शुभचिन्तकहरू खुसी रहनेछन् । माया प्रेममा सामीप्यता बढेर जानेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)  खानपानमा ध्यान दिनुहोला स्वास्थ्यसम्बन्धी समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । अन्य काममा सहभागी हुँदा पढाइलेखाइ भने थाँती रहनेछ । तर पनि विदेशी भूमिमा बसेर श्रम गर्नेहरूले मनग्गे रूपैयाँ पैसा कमाउन सक्नेछन् ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)  मायाप्रेममा एकअर्कालाई अविश्वास गर्नाले बाध्यता बस टाडा हुनुपर्नेछ । आफन्त तथा सन्तानले तपाईंको काममा सहयोग नगर्ने तथा भनेको नमान्दा महत्त्वपूर्ण अवसरहरू गुम्न सक्छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) मायाप्रेममा अविश्वास बढ्नाले मन खिन्न हुनेछ । पारिवारिक माहोलमा मीठो मसिनो भोजन गर्ने अवसर जुर्ने भए पनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ । पढाइलेखाइमा अल्छी गर्नाले अरूभन्दा पछि परिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) मायाप्रेममा रमाउन चाहानेहरूका लागि समय राम्रो रहेको छ । पढाइलेखाइमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुने योग रहेको छ । दैनिक जीवनलाई सहज हुने छोटो तथा रमाइलो यात्रा हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) प्रतिष्ठित काम गर्ने अवसर आउनेछ भने विशिष्ट व्याक्तिहरू नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुँदा उपलब्धिमूलक काम बन्नेछन् । राजनीति तथा समाजसेवामा समय दिनेहरूले पद पाउने समय रहेको छ ।