काठमाण्डु – वि.सं.२०७८ साल भदौ ०६ गते । आइतबार । ईश्वी सन् २०२१ अगष्ट २२ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ३७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३५ मिनेटमा ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा थोरै समय दिँदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी लामो समयसँगै बसेर भलाकुसारी गर्ने अवसर प्राप्त हुनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।व्यापार व्यवसायमा सोचेभन्दा बढी नै आम्दानी हुनाले नयाँ क्षेत्रमा लगानी गर्न जाँगर आउनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लीन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पुरा गर्न गाह्रो पर्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखाइ विभिन्न कारणले बिग्रन सक्छ ध्यान दिनुहोला ।यात्राका क्रममा उपलब्धि मूलक कामहरू गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सम्मानित काम सम्पादन गर्न सकिनेछ भने रुपैयाँ पैसा प्रशस्त कमाउन सकिनेछ । व्यापार व्यवसायमा सोचेभन्दा बढी नै आम्दानी हुनाले नयाँ क्षेत्रमा लगानी गर्न जाँगर आउनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ ।प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यावसायिक यात्राको तय गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लगनशील तथा ईमान्दारीताले समाजका मान सम्मानमा वृद्धि भएर जानेछ । पढाइ लेखाइमा प्रशस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्तजन तथा दाजुभाइबाट सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययनमा प्रगति हुनेछ ।काम गरी अरूलाई प्रभावित पार्न सकिनेछ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विदेशमा बसेर काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा खर्चालु समय रहेको छ ।




प्रतिक्रिया