काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावका कारण माैसम आंशिकदेखि सामान्य बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश १ र कर्णाली प्रदेशमा सामान्य बदली रही बँकी प्रदेशहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ । दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहने छ ।
देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको उनले बताए । यस्तै पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा सामान्यतया सफा रहनेछ।




प्रतिक्रिया