आजको मौसम : केही स्थानमा ठूलो वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा ठूलो वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले मौसम सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकाले अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती तथा प्रदेश १ को केहि ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक,दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । प्रदेश १ र बागमती प्रदेशका एक,दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यसैबिच प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ ।