कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान गरेको छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मुलुकका विभिन्न क्षेत्रमा बदली छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी र गण्डकीमा आंशिक बदलीको सम्भावना छ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

सोमबार प्रदेश १, मधेश, गण्डकी र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ। हिमाली क्षेत्रमा हिउ पर्ने सम्भावना रहेको छ।