आजको मौसम कहाँ कस्तो रहला ? यस्तो छ पूर्वानुमान

आजको मौसम कहाँ कस्तो रहला ? यस्तो छ पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले  आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ । भारतको बिहार र आसपासमा रहेको न्यून चापीय प्रणाली रहेको र त्यसको केही प्रभाव नेपालमा पनि परेको हुनाले पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही मुलुकका अन्य भागकाे मौसम सामान्यतया सफा रहने जनाएकाे छ ।

अहिले देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी स्थानहरुमा मौसम सामान्यतय सफा रहेको छ । आज दिउँसो प्रदेश १ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली, कर्णाली र सुदूरपश्चिमी प्रदेशका पहाडि भू–भागमा र प्रदेश २ मा आंशिक बदली हुनेछ । अरु स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ का थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति प्रदेश १ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा सामान्यतया सफा रहनेछ ।