काठमाण्डु – जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै, तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।
दिउँसो देशका केही पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै, राति बागमती,मधेश,गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रही उच्च पहाडी तथा हिमाली भूभागको केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र तराई क्षेत्रमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवामा प्रभाव पर्नुका साथै चिसो बढ्ने भएकाले यसबाट बच्ने उपाय अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।




प्रतिक्रिया