काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।अहिले काठमाडौंसहित देशभरका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा भइरहेको छ ।
कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । एक–दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ।
आज दिनभरी नै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुन्छ, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन्छ,उनले भने ।
उनका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोछ । साथै,कोसी,वाग्मती,गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी बर्षाको समेत सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन,चट्याङर हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




प्रतिक्रिया