आइतबारको मौसम कस्तो रहला ?

आइतबारको मौसम कस्तो रहला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।  नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको  प्रभाव रहेकाले आंशिकदेखि सामान्य बदली रहे पनि देशका बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ।

बागमती प्रदेश र प्रदेश नम्बर १ का पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। राति पनि देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ।

गण्डकी प्रदेश र प्रदेश नम्बर १ का पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। अहिले बिहान देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको छ।