काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यताया सफा रहेको छ । दिउँसो प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ ।
प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तै राति प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहने छ।




प्रतिक्रिया