आइतबार कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल

आइतबार कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  वि.सं.२०७७ साल साउन १८ गते । आईतबार । ईश्वी सन् २०२० अगष्ट ०२ तारिख । नेपाल संवत् ११४० ।काठमाडौंमा सूर्योदय ०५ बजेर २८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५० मिनेट ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाई तथा छिमेकी सँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो समय लगाएर गरीएको कामको नतिजा तपार्ईँको पक्षमा नआउने हुनाले मन दुखि हुनेछ । वन्दव्यापारमा सोचेजस्तो आम्दानी नहुन सक्छ । आम्दानीभन्दा खर्च बढ्ने हुनाले आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राम्रा तथा सामाजिक काम गरी अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) वैदेशिक व्यापार तथा वैदेशिक क्षेत्रसँग सम्वन्धीत कामहरुबाट न्यून आम्दानी हुनेछ । लामो दुरिको विदेश यात्राको तय नगर्नु नै राम्रो रहनेछ। माया प्रेममा नजिक भई मनका भावना साटासाट गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आम्दानीका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ । पढाइ लेखाइमा राम्रो प्रगती गरी नाम कमाउन सकिनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग तथा परिचालन मार्फन नयाँ काम गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रयत्न गर्दा व्यापार व्यावसायमा लगानी गरी रोजगारिका अवसरहरु सिर्जना गर्न सकिने तथा आम्दानीका स्रोतहरु फराकिला बनाउँन सकिनेछ । नयाँ काम पाउने तथा अनुकूल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समयको ख्याल नगर्दा कामहरु बिग्रने तथा दण्ड तिर्नुपर्ने हुनसक्छ सचेत रहनुहोला । आफन्तलाई बेवास्ता गर्दा परेको बेलामा सहयोग नहुन सक्छ । पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो नतिजा ल्याउँन मुस्किल रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय तथा परिस्थिती अनुशार नचल्नाले दुख पाइनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रेम तथा मित्रताको वन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखि रहनेछ । बिभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पुराना समस्या तथा विवादित विषयहरुलाई केही समय दिएर सकाउन सकिनेछ । रुपैया पैसा बचत गरी कृषि क्षेत्रमा लगानी गर्न सकिनेछ । पढाइ लेखाइमा सामान्य प्रतिस्पर्धीहरु आफै साईड लाग्नेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा सन्तोषजनक फाईदा हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन अलि बढिनै संघर्ष गर्नुपर्नेछ । मायाप्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउँनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पहिलेका कमिकमजोरिहरुलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुनेछ ।