सिन्धुपाल्चोकमा एमालेबाट क-कसले टिकट पाए ?

सिन्धुपाल्चोकमा एमालेबाट क-कसले टिकट पाए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – नेकपा एमाले सिन्धुपाल्चोकको उम्मेदवार टुंगो लागेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सरेश नेपाल र २ मा शेरबहादुर तामाङलाई टिकट दिइएको छ ।

प्रदेशसभा तर्फ १ (क) मा एमाले जिल्ला अध्यक्ष तथा लिसंखुपाखर पालिका अध्यक्ष कमल नेपालले टिकट पाएका छन् । १ (ख) मा जुगल गाउँपालिकाका पूर्व अध्यक्ष होमनारायण श्रेष्ठले टिकट पाएका छन् ।

यस्तै, क्षेत्र नं २ (क) मा चौतारा साँगाचोकगढीका पूर्व मेयर अमानसिंह तामाङले टिकट पाएका छन् । खमा एमालेका पूर्व जिल्ला अध्यक्ष हस्त पण्डितले टिकट पाएका छन् ।