उडिसा पुगेर प्रकृतिका बुवा सुनिलले भने – हामीलाई न्याय चाहियो, अरु केही होइन

उडिसा पुगेर प्रकृतिका बुवा सुनिलले भने – हामीलाई न्याय चाहियो, अरु केही होइन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको उडिसास्थित कीट विश्वविद्यालयको छात्राबासमा मृत भेटिएकी विद्यार्थी प्रकृति लम्सालका बुवा सुनिल लम्सालले न्याय चाहिएको बताएका छन् ।

छोरी प्रकृतिको निधनपछि विश्वविद्यालय पुगेका बुवा सुनिलले एसियन न्युज इन्टरनेसनल (एनएनआई) संवाददातासँग कुरा गर्दै घटनाबारे छानबिन भइरहेको बताइएको जानकारी दिए ।

उनले भने, ‘अनुसन्धान भइरहेको छ, पोस्टमार्टम रिपोर्ट चाँडै आउनेछ । उनलाई दुर्व्यवहार र भावनात्मक रूपमा ब्ल्याकमेल गरिएको थियो, जसका कारण उनले आत्महत्या गरिन् ।’

घटनाको अनुसन्धानमा प्रहरी र क्याम्पस प्रशासनले सहयोग गरिरहेका उनले बताए । प्रकृतिका भाइ पनि कीटमै अध्ययनरत छन् । ‘घटनामा एक व्यक्तिलाई पक्राउ गरिएको छ । मलाई लाग्छ कि यो सबैको पछाडिको कारण उ नै हो । उनको फोन, ल्यापटप र डायरी फोरेन्सिक विभागलाई दिइएको छ । प्रहरी प्रशासन र सरकारले हामीलाई मद्दत गरिरहेको छ ।’

प्रकृतिको निधनपछि न्याय माग्ने नेपाली विद्यार्थीलाई विश्वविद्यालयबाट निकाल्नु गलत भएको उनले बताए । ‘यो सही होइन, हामी न्यायको माग गर्दैछौं, अरू केही पनि होइन,’ उनले भने ।