पूर्वमन्त्रीको प्रश्नः गोविन्दाले कुन हैसियतले विमानस्थलको अति विशिष्ट कक्ष पाए ?

पूर्वमन्त्रीको प्रश्नः गोविन्दाले कुन हैसियतले विमानस्थलको अति विशिष्ट कक्ष पाए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व वाणिज्य तथा आपूर्ति मन्त्री तथा राप्रपा संयुक्तका नेता सुनिलबहादुर थापाले भारतीय अभिनेता गोविन्दा आहुजालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष प्रयोग गर्न दिएका भन्दै आपत्ति जनाएका छन् ।

गत मंगलबार नेपाल आएका गोविन्दा र उनकी पत्नी सुनितालाई विमानस्थलको अति विशिष्ट कक्षमा राखिएको थियो । यो कक्ष अहिलेसम्म कुनै पनि नेपाली कलाकारलाई भने प्रयोग गर्न दिइएको छैन ।

मन्त्री थापाले ट्विटरमा लेखेका छन्, ‘हामीले नबुझेको कुराचाहिँ कुन हैसियतले बलिउड अभिनेता गोविन्दा अहुजाले त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्ष उपयोग गर्न पाए ? जवाफ पाइएला कि ? भारतमा हाम्रा कलाकारले त्यो सुविधा पाउँछन् ?’

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष प्रयोग गर्न पाउने व्यक्तिहरूको वर्गीकरण गरेको छ । यो वर्गीकरणमा कलाकारहरूलाई समावेश गरिएको छैन । तर, भारतबाट चर्चित कलाकारहरू आउँदा विमानस्थलको अतिविशिष्ट कक्ष प्रयोग गर्ने गरेका छन् ।