काठमाण्डु – नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डिस्ट्री (निक्की) अध्यक्ष सुनिल केसीले नेपालको निर्यात तथा आयात दुवै गन्तव्यका हिसाबले भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक सहायता मुलुक भएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको भारत सरकारको बजेट र नेपालले लिन सक्ने लाभ र चुनौती विषयक अन्तरक्रियामा केसीले १५० मुलुकसँग व्यापारिक सम्बन्ध नेपालको रहे पनि भारत अझ नेपालका लागि ठूलो व्यापारिक मुलुक भएको बताएका हुन् ।
उनले भने, ‘निर्यात व्यापारमा नेपालको विश्वका करीब १५० मुलुकसँग व्यापारिक सम्बन्ध छ । तर निर्यात तथा आयात दुवै गन्तव्यका हिसावले भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक सहायता मुलुक हो । भारतको उत्पादन विस्तार र आधुनिकता दुवै देशका लागि अवसर र चुनौती हुन्, बजेटमा भएका व्यवस्थाले नेपालमा उत्पादन भएका वस्तुको आपूर्ति र जनशक्तिका लागि अवसरका ढोका खोल्नेमा हाम्रो विश्वास छ ।’
भारत सरकारले आर्थिक वर्ष २०२६/२७ का लागि ल्याएको बजेटमा भएका व्यवस्थाका कारण नेपालले विभिन्न क्षेत्रमा लाभ लिन सक्ने उनले धारणा राखे । भारत सरकारले बजेटले कुल ग्रार्हस्थ्य उत्पादनमा ७ प्रतिशत वृद्धिको लक्ष्य लिएकाले नेपालका निर्यात उद्योग थप स्थिर र विस्तार हुने बताए । उनले बजेटका कारण नेपालमा उत्पादन, रोजगारी र निर्यात आम्दानीमा सकारात्मक प्रभाव पर्ने बताए ।




प्रतिक्रिया