काठमाडौं–भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीको खुट्टा भाभ्ँन दिएको अभिव्यीक्तबारे प्रष्टीकरण दिएका छन् ।
बिहीबार प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री लम्सालले आफ्नो अभिव्यक्तिको उद्देश्य खुट्टा भाँच्ने नभई समयमै काम होस् भन्ने रहेको दाबी गरे ।
मन्त्री लम्साललाई स्पष्टीकरण सोध्ने क्रममा एमाले प्रमुख सचेतक ऐन महरले ठेकेदारका दायाँ वा बायाँमध्ये कुन खुट्टा चाँच्ने भनेको हो स्पष्ट पारिदिन भन्दै व्यंग्य गरेका थिए ।
केही दिनअघि निर्माणाधीन नागढुंगा–मुग्लिन सडक खण्डको निरीक्षणका क्रममा बिजुलीको पोल हटाउने ठेकेदारले काम नगरेको जानकारी पाएपछि उनको खुट्टा भाँचिदिन निर्देशन दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
मन्त्री लम्सालले आफ्नो उद्देश्य कसैलाई गाली गर्ने र दुःख दिने नभई समयमै काम सकियोस् भन्ने रहेको बताए ।
आफ्नो दबाब ठेकेदार कम्पनीकै पक्षमा रहेको र उनीहरुलाई बचाउनकै लागि आफूले सो अभिव्यक्ति दिएको जिकिर गरे ।
‘मेरो इन्टेनसन त्यो (खुट्टा भाँच्ने) होइन, इन्टेन्सन काम गरोस् भन्ने हो । निन्तान्त काम गरोस् भन्ने हो । उहाँहरुले काम गर्नुभएन भने हामीले रद्ध गर्नुपर्यो नि ठेक्का । रद्ध गर्नुपर्यो भने त उाहाँहरुको सात पुस्ता सकिन्छ । किनभने बैंक ग्यारेण्टी थुत्छ, फोर्स लोन हुन्छ । जसरी पनि थुत्छ । बाँकी सम्पत्ति पनि । उहाँहरुले बैंक ग्यारेण्टी रिलेसनका आधारमा लिएको पनि हुन सक्छ । त्यो केसमा बैंकलाई गाह्रो पर्न सक्छ’, उनले भने, ‘सम्झौता रद्ध भयो भने सरकारले त सबै असुल उपर गर्छ नि त । त्यस कारणले उहाँहरुलाई फेरि उठ्न सजिलो होला भन्ने हो । त्यो कुरा बुझेको भएर हामीले बढीभन्दा बढी दबाब दिएर भए पनि काम गर्न खोजेको, उद्देश्य त्यत्ति हो । उद्धेश्य भनेको कसैलाई गाली गर्न मन छैन । खुरुखुरी काम गरोस् । भयो भने त हामी चुपचाप लागेर बस्छौं नि । आसय त्यो हो, त्यसरी हो । उहाँहरुलाई बचाउनकै लागि त्यसो भनेको हो ।’




प्रतिक्रिया