काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले समयमै महाधिवेशन हुनुपर्छ भन्ने डा. शेखर कोइरालाले उठाउँदै आएको बताएका छन्। उनले तर केही साथीहरुले आफूहरुको एजेन्डा हाइज्याक गरेको पनि दाबी गरे ।
सोमबार काठमाण्डुमा कोइराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने माग शेखर कोइराला पक्षको रहेकाले आफूहरुको माग हाइज्याक भएको दाबी गरे ।
काठमाण्डुमा जारी विशेष महाधिवेशनले नीति मात्रै पास हुने उनको भनाइ छ ।
साथै उनले कोइराला वैशाख वा असारमा हुने नियमित महाधिवेशनबाट सभापति बन्ने बताए । कोइरालाले पार्टी फुटबाट जोगाउने र एकताबद्ध वताउने उनको भनाइ छ ।
‘पार्टी फुटको संघारमा रहेकाले त्यो नफुटोस् भन्ने नै हो । एकताबद्धका लागि उहाँले पहलकदमी लिनुहुनेछ । नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा हाम्रै हो । बिचमा हाइज्याक भएको हो,’ उनले भने ।




प्रतिक्रिया