कांग्रेस सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश


काठमाण्डु – काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

शर्मालाई सीआईबीले बिहीबार पक्राउ गरी शुक्रबार म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराएको थियो । तर अदालतले हिरासतमा राख्ने अनुमति नदिएसँगै शर्मा सीआईबीकाे हिरासतबाट रिहा हुने भएका छन् ।

शर्मा नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा बिहीबार गोल्फुटाबाट पक्राउ परेका थिए । यही प्रकरणमा पक्राउ परेका अन्यलाई भने अदालतले हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement