सुनील थापा आज कांग्रेस प्रवेश गर्दै, सहमहामन्त्री दिने तयारी

सुनील थापा आज कांग्रेस प्रवेश गर्दै, सहमहामन्त्री दिने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजीनामा दिएका पूर्वमन्त्री सुनीलबहादुर थापा आज कांग्रेसमा प्रवेश गर्दैछन् ।

केहीदिनअगाडि राप्रपाबाट थापासहित ३० जनाले सामूहिक राजीनामा दिएका थिए । नेता थापालाई आज दिउँसो ३ बजे पार्टी प्रवेश गराउने कार्यक्रम रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले उनलाई सहमहामन्त्री दिएर राप्रपामा प्रवेश गराउने तयारी गरेको स्रोतले जानकारी दियो ।

राप्रपाका संस्थापक एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिललाई सहमहामन्त्री दिएर ११ जनालाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको तयारी
छ ।