पूर्वमन्त्री शुनिल थापालाई कोरोना संक्रमण

पूर्वमन्त्री शुनिल थापालाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री शुनिलबहादुर थापालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विगत केहीदिन देखि ज्वरो आएपछि उनले कोरोना परीक्षण गराएका थिए । पूर्वमन्त्री थापालाई निमोनिया भएको बताइएको छ । उनको स्वास्थ्य जटिल बनेपछि ह्याम्स अस्पताल भर्ना गरिएको छ ।

थापासहित उनकी पत्नी र चालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय थापा पार्टी कार्यक्रममा सक्रिय हुँदै आएका थिए ।