राष्ट्रियसभा सदस्यमा कांग्रेस उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित

राष्ट्रियसभा सदस्यमा कांग्रेस उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित


विराटनगर – राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

कोशी प्रदेशको खुलातर्फ कांग्रेस उम्मेदवार थापाले मात्रै उम्मेदवारी दर्ता गराएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

बुधबार उम्मेदवारी दर्ताको कार्य भएकाले उनी निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा पुस २७ गते हुनेछ ।