काठमाण्डु– वरिष्ठ कलाकार सुनिल थापाको पार्थिव शरीरलाई चलचित्र विकास बोर्डमा राखि अन्तिम श्रद्धाञ्जली दिइएको छ ।
बोर्डको कार्यालयमा थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न कलाकाहरूको बाक्लो उपस्थिति छ। उनको अन्त्येष्टि पनि आजै (आइतबार) नै गरिने जनाइएको छ।

थापाको ६८ वर्षको उमेरमा शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा हृदयाघातका कारण मृत्यु भएको हो।
नेपाली सिनेमामा ‘राते काइँला’को नामले अमिट छाप छोडेका थापाले चार दशकभन्दा लामो फिल्मी यात्रामा ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।











प्रतिक्रिया