एमालेले सोसल मिडियामा उग्र बन्न सिकाउँदैन : उपमेयर डंगोल

एमालेले सोसल मिडियामा उग्र बन्न सिकाउँदैन : उपमेयर डंगोल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानरपालिकाकी उपमेयर सुनिता डङ्गोलले नेकपा एमालेले सोसल मिडियामा युवालाई उग्र बन्न नसिकाउने बताएकी छन् ।

काठमाण्डुको भृकुटीमण्डपमा लोकतन्त्र दिवसको दिन पारेर एमाले आयोजना गरेको युवा उत्सव (युथ सेलिब्रेसन)मा सम्बोधन गर्दै डङ्गोलले सोसल मिडियामा भाडभैलो गरेर उग्र बन्न एमालेले नसिकाउने भएकाले आफूलाई एमाले मनपर्ने बताइन् ।

सामाजिक सञ्जालमा अरुलाई गाली गरेर, स्टन्ट गरेर देश नबन्ने भन्दै देश बनाउन युवाहरूले योजनाबद्ध काम गर्नुपर्ने उनले बताइन् । महानगरमा राम्रो काम गरेकाले आफूमाथि आक्रमण भइरहेको उनले बताइन् ।