काठमाण्डु – काठमाण्डु महानगरपालिकामा एमालेको तर्फबाट उपमेयरको उम्मेदवारी दिएकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
उनीविरुद्ध शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजूरी दर्ता भएको हो । उनीविरुद्ध दायर भएको उजूरीमा स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटी ५ वर्ष काठमाण्डु महानगरको शहरी विकास परियोजनाको सल्लाहकार नियुक्ति लिई तलब सुविधा लिएको आरोप छ ।
वैशाख १६ गते दर्ता भएको उजुरीमा उनको नियुक्तिको सम्पूर्ण फाइल झिकाई कानुनअनुसार सजाय दिन माग गरिएको छ ।





प्रतिक्रिया