काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा प्रदर्शन गर्नसक्ने आशंकामा पक्राउ परेकी सुनिता साह धराैटीमा रिहा भएकी छन् । सीकाे भ्रमणकाे अघिल्लाे दिन २४ असोजमा पक्राउ परेकी साहलाई पक्राउ परकी जिल्ला प्रशासन कार्यालय काठमाले ५ हजार धरौटीमा रिहा गरेको हाे । उनी समाजवादी पार्टीकी नेतृ भएकाे बताइए पनि उक्त दलले विज्ञप्ति जारी गरी खण्डन गरेकाे थियाे।
राजविराज–६, खरसालटोलस्थित निवासबाटै पक्राउ परेकी साहविरुद्ध प्रहरीको कमलपोखरी वृत्तले अभद्र व्यवहारको मुद्दा चलाएको थियो । सोही आधारमा उनलाई पक्राउ गरेको थियो । भदौ २३ गते चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा पनि साहले प्रदर्शन गर्दा उनी पक्राउ परेकी थिइन् ।
उनी पक्राउ परेपछि समाजवादी पार्टीको नाम मुछिएर आएपछि सो पार्टीका सप्तरी जिल्ला अध्यक्ष केदार यादवले असोज २५ गते एक प्रेस विज्ञप्ति जारी गरी साह आफ्नो पार्टीमा नरहेको दावी गरेका थिए ।




प्रतिक्रिया