सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ब्रेक थ्रु


काठमाण्डु- सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका-७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन्।

बुधबार सिन्धुलीमा आयोजित कार्यक्रममा यो आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्री प्रचण्डले बताए । आयोजना सम्पन्न भएपछि सिंचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने उनको भनाइ छ ।

‘बागमती प्रदेशको सिन्धुली जिल्लास्थित आयोजनाले मधेश प्रदेशको ५ जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिंचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत् उत्पादन हुनेछ , आज सुरूङको ‘ब्रेक-थ्रु’ भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।’, उनले भने ।

राष्ट्रिय गौरवको आयोजना सुनकोशी-मरिण डाइभर्सनअन्तर्गत कमलामाई-२ कुसुमटारदेखि सुनकोशी-७ कानढुङ्ग्रीसम्म सुरुङ रहेको छ।यसको क्षेत्रफल १३ दशमलव ३ किलोमिटर छ। लक्ष्यभन्दा एक वर्षअघि नै सुरुङ ब्रेक थु्र गर्न सफल भएको सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए। खन्न सुरु भएको १९ महिनामा सुरुङ ब्रेक थ्रु भएको छ। एकैदिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement