सिन्धुलीको मुलकोट र खुर्कोट बजार डुबानमा

सिन्धुलीको मुलकोट र खुर्कोट बजार डुबानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-सुनकोसी नदीमा आएको बाढीले सिन्धुलीको गाउँपालिकाको मुलकोट र गोन्जोर गाउँपालिकाको खुर्कोट बजारमा बाढी पसेको छ ।

नदीमा आएको बाढीले डुबाउँदा मुलकोटका पशुपति प्राविका साथै दर्जनौं घर तथा रिसोर्ट डुवानमा परेका छन् । लगििखुर्कोटमा बसपार्क, सशस्त्र प्रहरीको बेस क्याम्पका साथै दर्जनौं घर तथा होटलहरू डुबेको हो ।

सुनकोसी नदीमा पानिको बहाव उच्च छ । स्थानीयलाई सुरक्षित स्थानमा सार्न भनिए पनि घर तथा होटलका सामानहरू निकाल्न सकिएको छैन ।

मुल्कोटका रिसोर्टमा रहेका पर्यटकलाई नदीमा पानी बढ्न थालेपछि राति नै सुरक्षित स्थलतर्फ सारिएको थियो । मुल्कोटका क्वालिटी रिसोर्ट, होटल पौवा पूर्णतः डुबानमा परेको छ । मुल्कोटको घाटे पाटी बगाएको छ । रामेछाप भिरपानीस्थित सित्खा बजारको बरपिपल बोट बगाएपछि बजारतर्फ कटान सुरू भएको छ । सुनकोशीको सतह बढेर कुशेश्वर मन्दिरको सत्तलसम्म आइपुगेको छ ।

काभ्रेको रोशीखोलाले दुम्जाका दुई ठूला फाँट नदि कटानमा पारेको छ । सुनकोशी–१ दुम्जा गजुली दहमा एउटा पक्की घर रोशीले ढालेको छ । जताततै बाढी पहिरोले सडक बगाएपछि उद्दारमा समेत कठिनाइ भएको प्रहरीले जनाएको छ ।