ओखलढुंगाको सुनकोशी–३ सिस्नेरीमा एमालेको प्यानलै विजयी

ओखलढुंगाको सुनकोशी–३ सिस्नेरीमा एमालेको प्यानलै विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा – ओखलढुंगाको सुनकोशी गाउँपालिका ३ सिस्नेरीमा एमालेको प्यानल नै विजयी भएको छ ।

कांग्रेस, माओवादी र जसपाबीच गठबन्धनका उम्मेद्धारलाई पराजित गर्दे वडा अध्यक्षमा एमालेका गिर्वराज थापा मगर प्यानलै सहित विजयी भएका हुन् ।

गठबन्धनबाट वडा अध्यक्षका उम्मेदवार चक्र राईलाई १ सय ७५ मतले पछि पार्दै थापामगर वडा अध्यक्षमा विजयी भएका छन् । एमालेका थापा मगरले ६ सय ६२ मत ल्याएर विजयी हुँदा र गठबन्धनका राईले ४ सय ८७ मत प्राप्त गरेका थिए ।

खुल्ला सदस्यमा नेकपा एमालेका भोलाराम पण्डित, खड्ग बहादुर थापा क्षेत्री, खुल्ला महिला सदस्य सरिता बुढाथोकी, र दलित महिला सदस्यमा लिलामाया रुचाल विजयी भएका छन् ।