सुनकोशीकाे कोषहाटमा पहिरो, बाढीका कारण सवारी साधन अलपत्र

सुनकोशीकाे कोषहाटमा पहिरो, बाढीका कारण सवारी साधन अलपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुङ्गा – अविरल बर्षाका कारण ओखलढुंगाको सुनकोशी गाउँपालिका ९ मा पहिरोले एक घर बगाएको छ । गाउँपालिका स्थित कोषहाटमा भिम बहादुर तामाङको घरमुनिबाट पहिरो बग्दा एउटा घर बगाएको हो ।

पहिरोले अर्को घर समेत बगाउने अवस्थामा पुगेको भन्दै तामाङ परिवार त्रसित बनेका छन् । गाउँपालिका प्रमुख रुद्ध प्रसाद अघिकारीले कोषहाटबाट प्रहरी टोली पठाईएको र उनीहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको बताए ।

त्यस्तै मानेभन्ज्याङ गाउँपालिका–६ स्थित भडारे खोलामा बाढी आउदाँ सयौं सवारीसाधन अलपत्र छन् । खोलामा एकाएक बाढी आएपछि काठमाडौंबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बु आवतजावत गर्ने यात्रुहरु अलपत्र परेका हुन् ।

काठमाडौंबाट आउने सवारीसाधन उदयपुरको घुर्मी बजारमा रोकिएका छन् भने काठमाडौं जाने सवारीसाधन मानेभन्ज्याङ गाउँपालिका ६ भडाँरे स्थित सडकमा रोखिएको प्रहरीले जनाएको छ ।