काठमाडौं – ओखलढुङगामा सुनकोशी नदीको पानीको सतह सतर्कतानजिक पुगेको छ ।
बाढी पूर्वानुमान विभागले सूचना जारी गर्दै सुनकोशी नदी टोक्सेलघाट, ओखलढुंगामा बिहीबार बिहान पानीको सतह ३.५ बढेको र माथिल्लो तटीय क्षेत्र खुर्कोटमा जलसतह उच्च बिन्दूसम्म पुगेको जनाएको छ ।
विभागले केहिबेरदेखि बहाव सतर्कता आसपास नै रहने वा पार गर्नसक्ने जनाएको छ। हाललाई तर खतराभन्दा तलै हुने पनि उसले जनाएको छ ।
#अलर्ट
##सुनकोशी नदी टोक्सेलघाट, ओखलढुङगामा जलसतह सतर्कता नजिक, विहानबाट ३.५ मिटर बढेको, थप बढ्दो, माथिल्लो तटिय क्षेत्र सुनकोशी खुर्कोटमा जलसतह उच्च विन्दुमा पुगेर घट्न थालेकोले बहाव #सतर्कता आसपासनै रहने वा पार गर्न सक्ने, तर #खतरा भन्दा तलै हुने pic.twitter.com/bYxa4q3rBT— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 9, 2020




प्रतिक्रिया