जुम्ल्याहा बच्चाकी आमा बनिन् सन्नी लियोनी

जुम्ल्याहा बच्चाकी आमा बनिन् सन्नी लियोनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड अभिनेत्री सन्नी लियोनी जुम्ल्याहा बच्चाकी आमा बनेकी छन् । उनले आफू जुम्ल्याहा बच्चाकी आमा बनेको सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी हुन् । गत वर्ष मात्रै सन्नीले एक बालिकाको पालनपोषण गर्ने जिम्मा लिएर आमा बनेकी थिइन् । श्रीमान् डेनियल वेवर, छोरी निशा कौरको साथमा दुई बच्चा भएको तस्वीर उनले सार्वजनिक गरेकी हुन् ।

साथै सन्नीले लेखेकी छन्,‘यो इश्वरको कृपा हो २१ जुन २०१७ त्यो दिन थियो जब मलाई र मेरो श्रीमानलाई यो अनुमान भइसकेको थियो की केही समयमै हाम्रा तीन बच्चा हुनेछन्। हामीले परिवार बढाउने योजना बनायौं र धेरै वर्ष पछि अशर सिंह वेबर, नोहा सिंह वेबर र निशा कौर वेबरको साथमा यो परिवार पूर्ण भएको छ।’

यी दुई बच्चा भने सन्नी आफैले जन्माएकी होइनन् । उनले कमेन्ट गरे अनुसार अशर सिंह वेबर, नोहा सिंह वेबर उनीहरुको बायोलोकिल बच्चा हुन् । उनलेे थपेकी छन्- ‘हाम्रा बच्चाको जन्म केही दिन पहिले भएको हो तर हाम्रो मनमा यो योजना धेरै पहिलेदेखि थियो। हामी तीन सुन्दर बच्चाका बुवा आमा हौ।

यो हाम्रो लागि गर्वको कुरा हो भने शुभचिन्तकका लागि सर्प्राइज!’ सन्नी लियोनी पोर्न स्टारबाट बलिउड छिरेकी हुन् । उनले बलिउडमा अहिले आफ्नै स्थान बनाएकी छन् ।