तरकारी उत्पादन बढाउन सन्‍नी लियोनको पोस्टर (भिडियोसहित)

तरकारी उत्पादन बढाउन सन्‍नी लियोनको पोस्टर (भिडियोसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, (एजेन्सी) –आँखा नलगोस् भनेर पसलमा कागती, खुर्सानी राखिएको त देख्नुभएकै छ होला। कतैं मुखौटा त कसैले घरमा पुराना फाटोका जुत्ता–जप्पल पनि टागेँर राख्ने गरिन्छ।

तर, भारतमा भने एउटा अनौठो घटना भएको छ। आफ्नो खेतीमा कसैको आँखा नलागेस् भनेर आन्ध्र प्रदेशका एक किसानले आफ्नो खेतसँगै सन्नी लियोनको पोस्टर टाँसेका छन्।

पोस्टरमा तलेगुमा लेखिएको पनि छ, ‘मसँग नजल्नुहोला’। किसानका अनुसार यस पोस्टरले उनको खेती जोगाएको छ। ‘यहाँबाट हिड्नेहरुले पोस्टर हेर्छन् ।

ताकि, उनीहरुको खराब नजर मेरो खेतीमा पर्दैन,’ पोस्टर टाँस्नुको उद्देश्यबारे उनले भनेका छन्। यी किसान तरकारी खेती गर्छन्। धेरै वर्षदेखि उत्पादन घट्दै गएको थियो। त्यसपछि उनले आफ्ना साथीको सल्लाहअनुसार पोस्टर टाँसे। पोस्टर टाँसेपछि खेती फस्टाउन थालेको उनको दाबी छ।