काठमाडौँ – सनराइज बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) जनकशर्मा पौड्यालले कार्यभार सम्हालेका छन्। बैंक संचालक समितिको असार २७ गते बसेको बैठक रिक्त रहेको सीईओ पदमा जनकशर्मा पौड्याललाई नियुक्त गरेको थियो ।
सीईओ पौड्यालले तत्कालीन नेपाल अरब बैंक लिमिटेड (हाल नबिल बैैक लिमिटेड) मा १९८७ बाट सेवा प्रवेश गरी करिब ११ वर्षको कार्यानुभव लिएका छन् । त्यसैगरी, एनआईसी बैंक लिमिटेड (हालको एनआईसी एशिया) मा ५ वर्ष र लक्ष्मी बैंक लिमिटेडमा करिब २ वर्षको कार्य गरेका थिए ।
अध्ययनको लागि बेलायत गएको र बेलायत स्थित बार्कलेज् बैंकमा करिब ४ वर्ष ६ महिना कार्य समेत गरेका थिए । बेलायतबाट फर्के लगत्तै ग्लोबल आईएमई बैंक लिमिटेडको विभिन्न उच्चपदमा कार्यरत रही ११ बर्ष कार्य गरी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।




प्रतिक्रिया