सुनसरीका लालबहादुर विश्वकर्माले पाए न्याय

सुनसरीका लालबहादुर विश्वकर्माले पाए न्याय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  ठगी तथा बैंकिङ कसुर मुद्दामा कैद भुक्तान गरिरहेका सुनसरीका लालबहादुर विश्वकर्माले न्याय पाएका छन् । उच्च अदालत विराटनगरले ठगी मुद्दामा जिल्ला अदालत सुनसरीको फैसला उल्टाएर लालबहादुर बिकलाई न्याय दिएको हो ।

जिल्ला अदालत सुनसरीले कामदार विश्वकर्मालाई ठगी मुद्दामा मालिक सरह कैदको फैसला सुनाएको थियो । उच्च अदालतबाट जिल्लाको फैसला उल्टी भएको अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए। उच्च अदालतका न्यायाधीश विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको फैसलालाई उल्टाएको हो ।

तरहरास्थित सिंहदेवी ज्वेलर्सकासञ्चालक दीपक परियारको आदेशअनुसार पसलमा काम गर्ने विश्वकर्मालाई सञ्चालकले ठगी गरेको मुद्दामा डेढ वर्ष कैद, ७० हजार रुपैयाँ जरिवाना र ४ करोड ७१ लाख १६ हजार ७ सय २४ रुपैयाँ विगो तिर्नुपर्ने फैसला गरेको थियो । फैसलापछि उनी झुम्कास्थित कारागारमा छन् ।

जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए । उच्च अदालतमा पटकपटक मुद्दा पेसीमा चढे पनि धेरै पटक हेर्न नमिल्ने र स्थगित हुने गरेको मुद्दाको फैसला आज भएको हो । आज लालबहादुरको पक्षमा सांसद सोविता गौतमले पनि बहस गरेकी थिईन्।

सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहरामा रहेको सिंहदेवी ज्वेलर्सका मालिक दीपक परियारले सर्वसाधारणबाट १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ ठगी गरेको मुद्दामा जिल्ला अदालत सुनसरीले विकलाई पनि दोषी देखाउँदै सञ्चालक सरह नै विगो र कैद सजाय फैसला गरेको थियो ।