सेप्टिक ट्यांकीभित्र दुई पुरुष मृत भेटिए

सेप्टिक ट्यांकीभित्र दुई पुरुष मृत भेटिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनसरीको दुहबी नगरपालिका–४ शिव मन्दिर चोकस्थित निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र बुधबार दुई पुरुष मृत फेला परेका छन्।

दुहबी नगरपालिकाका– २ बस्ने ५० वर्षीय श्याम बहादुर तामाङ र ३२ वर्षीय रमेश राई सेप्टिकट्यांकीभित्र मृत भेटिएका हुन्।

तामाङ उक्त घर निर्माणका पेटी ठेकेदार र राई कामदार भएको प्रहरीले जनाएको छ।

चन्द्रिका रौनियारको बन्दै गरेको नयाँ घरको सेप्टिक ट्यांकीभित्र उनीहरू मृत भेटिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फरेन्सिक डाक्टर बोलाइएको छ।