सुनसरी दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो २३ जना घाइते (नामावली)

सुनसरी दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो २३ जना घाइते (नामावली)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान बस र माइक्रोबस ठोक्किँदा चार जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा सप्तरीका अन्दाजी ३५ वर्षीय शंकर मण्डल, सुनसरीका अन्दाजी ७० वर्षीय लक्ष्मण सदा, विराटनगर बस्ने अशोक यादव र अन्दाजी ४५ वर्षीया महिलाको ज्यान गएको हो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

घाइतेमध्ये मोरङ, खोटाङ, उदयपुर, झापा, इलाम, सप्तरी र सुनसरीका बासिन्दा रहेका छन । प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था सामान्य छ भने केही मध्यम चोटग्रस्त छन् । उनीहरुको उपचार बिराटनगरस्थित गोल्डेन अस्पताल, बिराट नर्सिङ होम र जिल्ला अस्पताल इनरुवामा भइरहेको छ ।
घाइतेको विवरण :
१) अम्बिका राई, मोरङ सुन्दरहरैचा–९
२) निरुता परियार, खोटाङ रावावेसि–२
३) निर्मल परियार, ३८ वर्ष, खोटाङ
४) रबिन्द्र प्र. मण्डल, सप्तरी मन्धवे–६
५) रेनुका श्रेष्ठ, ५० वर्ष, उदयपुर चौदण्डीगढी–५
६) खगेन्द्र थापा, ३८ वर्ष, झापा शिवसतासी–५ (सामान्य)
७) सन्तोष खत्री, ५३ वर्ष, झापा भद्रपुर–९ (सामान्य)
८) दिपक बि.क., २० वर्ष, उदयपुर बेलस्रोत–१ (सामान्य)
९) सविन राई, ३६ वर्ष, इलाम चुलाचुलि–३ (सामान्य)
१०) रविन्द्र मेहता, सप्तरी धिकुति–६
११) जिवछ महात्मा, ६८ वर्ष, सप्तरी गोईठी–३
१२) नेत्रलाल गिरी, ८४ वर्ष, खोटाङ हलेसी तुवाचुङ–१० (सामान्य, डिस्चार्ज)
१३) केदार गिरी, अन्दाजी ३९ वर्ष, खोटाङ (सामान्य, डिस्चार्ज)
१४) सत्य राई, २० वर्ष, झापा अर्जुनधारा–१ (मध्यम)
१५) रुद्र राय, १० वर्ष, सप्तरी राजविराज–६
१६) सोभा यादव, ४८ वर्ष, मोरङ विराटनगर–१०
१७) प्रमोद रजक, ४४ वर्ष, सप्तरी राजविराज–१२ (सामान्य)
१८) रवि राय, २२ वर्ष, सप्तरी तिलाठी–५
१९) भोला यादव, २४ वर्ष, सप्तरी राजविराज–२ (मध्यम)
२०) प्रदिप यादव, अन्दाजी ३५ वर्ष, सप्तरी राजविराज तेतरी गाछी
२१) जोगिन्द्र दास (बाबा), ६० वर्ष, सुनसरी कोशी गा.पा.–६ (मध्यम)
२२) अमृता राय, ३० वर्ष, सप्तरी डाक्नेश्वरी–३ (मध्यम)
२३) सन्तोष बास्तोला, २१ वर्ष, सप्तरी राजविराज–४ (मध्यम, डिस्चार्ज, माईक्रोबस सह–चालक)