सुनसरीको गढीमा एमाले विजयी

सुनसरीको गढीमा एमाले विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी – सुनसरीको दक्षिणी गढी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । अध्यक्षमा आशनारायण चौधरी र उपाध्यक्षमा अनिता शाह निर्वाचित भएका हुन् ।

चौधरीले ८ हजार ९०१ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेश दत्तले ५ हजार ३५० मत ल्याएर पराजित भए । एमालेकी उम्मेदवार साहले ७ हजार ८१५ मत प्राप्त गरिन् भने कांग्रेसकी राजकुमारी चौधरीले ५ हजार ८३८ मत प्राप्त गरेर उपाध्यक्षमा पराजय व्यहोरिन् ।

गढी गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५ र ६ मा एमालेले प्यानल नै जितेको छ । अघिल्लो निर्वाचनमा कांग्रेसका श्रीप्रसाद यादव अध्यक्ष र राजकुमारी चौधरी उपाध्यक्षमा निर्वाचित भएका थिए ।

योसँगै सुनसरीका १२ स्थानीय तहमध्ये ३ स्थानको मत परिणाम आइसकेको छ । हालसम्म देवानगञ्ज गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी विजयी भएको छ । उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । यता भोक्राहा नरसिंह गाउँपालिकामा भने नेपाली कांग्रेस अध्यक्ष र उपाध्यक्ष नै जितेको छ ।