काठमाण्डु – जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ । प्रशासनले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै शक्तीपिठहरुमा भीडभाड हुने भएका प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम निषेधाज्ञा जारी गरिएको जनाएको छ ।
जसअनुसार मन्दिरमा भेला हुन मस्जिद, गुम्बा, भक्ती संगित लगायतका कार्यहरु गर्न, भजन, किर्तन, मेला जात्रा, राजनैतिक दलका कार्यक्रम, शुभकामना आदानप्रदान उद्घाटन र सामूहिक भेला हुन प्रतिबन्ध लगाइएको छ ।





प्रतिक्रिया