सुनसरीमा गोली चल्योः एक प्रहरीसहित दुई जना घाइते

सुनसरीमा गोली चल्योः एक प्रहरीसहित दुई जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी – सुनसरीमा प्रहरी र तस्करबीच झडप भएको छ । जिल्लाको हरिनगरको घुस्कीमा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप हुँदा एक प्रहरीसहित दुई जना घाइते भएका छन् ।

गएराति हरिनगर गाउँपालिकाको वडा नम्बर–७ घुस्कीमा भारतबाट आएका तस्कर समूहले सशस्त्र प्रहरीले बोेकेको हतियार खोस्ने क्रममा प्रहरीले चलाएको गोली लागेर हरिनगरका २० वर्षीय सहजद जट अन्सारी घाइते भएका हुन् ।

यस्तै सशस्त्र प्रहरी जवान जीवराज बिसुन्खेको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको धरानस्थित घोपा अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि हिजो पनि सुनसरीको देवानगञ्ज गाउँपालिका– ३ पानीट्याङकीमा प्रहरी र भारतबाट आएका केही नागरिकबीच झडप भएको थियो ।