विराटनगर – सुनसरीमा दुई समूहबीच झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
सुनसरीको हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिका वडा नम्बर १ र ७ मा स्थानीय प्रशासनले मध्यान्ह १२ बजेदेखि लागू हुनेगरी निषेधादेश जारी गरेकाे हो ।
बिहीबार एसईई परीक्षाको क्रममा हरिनगर गाँउपालिका- १ स्थित बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायबीच झडप भएको थियो । दुवै पक्षको झगडाले सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको कामु सीडीओ वेदराज फुयलले जानकारी दिए ।





प्रतिक्रिया