काठमाण्डु– आउँदो चुनावका लागि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सुनसरी बाट सिफारिस भएको छ ।
बुधबार बसेको बैठकले सुनसरी क्षेत्र नम्बर ४बाट प्रचण्डको नाम सिफारिस गरेको हो ।
उक्त क्षेत्रबाट प्रचण्डसहित महफुज आलम अन्सारी, परशुराम बस्नेत, पदम अधिकारी र कमलबहादुर कटवालको नाम केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय समेत गरिएको छ ।
यस्तै समानुपातिकतर्फ धर्मलाल उराँव, सुरेश शर्मा लोहार, योगेन्द्र प्रसाद मण्डल (पप्पु) , दिल महमद मियाँ, र बसिरा खातुनलाई सिफारिस गरेको छ ।
यस क्षेत्रमा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की लगातार २ पटक विजयी भएका छन् ।




प्रतिक्रिया