काठमाडौं – प्रेममा धोका पाएको भन्दै सुनसरी बराहक्षेत्रका एक युवक सप्तकोसीमा हाम फालेर बेपत्ता भएका छन् ।
इटहरीका अन्दाजी ३० वर्षीय राजेश बानियाँ मंगलबार साढे ४ बजे बराहक्षेत्र–१ स्थित कोसी पुलबाट हाम फालेर बेपत्ता भएका हुन् ।
कोसीमा हाम फाल्नुअघि उनले फेसबुकमा केही तस्वीरसहित स्टाटस लेखका छन् । उनले प्रमिकाले १० वर्षसम्म सम्बन्ध राखेर अचानक अर्कै केटासँग बिहे गरेको भन्दै आत्महत्या गरेका हुन् ।
‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विना कारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो । केही छैन, आसा छ तिमीले यो सबै खुशी तिमीलाई पाउने छौ । गूड बाइ इसु, आसा छ तिमीले मलाई माफ गर्नेछौं’, उनले सामाजिक सञ्जालमा भनेका छन् ।
उनले हाम फालेको स्थान नजिकै को३७प ७ नम्बरको रातो रंगको कालो बुलेट, एक जोर जुत्ता, मोटरसाइकलको बिलबुक र लाइसन ट्रायल पास गरेको कागज फेला परेको इराला प्रहरी कार्यालय चतराले जानकारी दिएको छ ।





प्रतिक्रिया