काठमाण्डु– तनहुँका किसानले यस वर्ष साढे ४५ करोडको सुन्तला बिक्री गरेका छन् । किसानले गतवर्षको तुलनामा यसवर्ष साढे तीन करोड बढीको सुन्तला बिक्री गरेका हुन् ।
गतवर्ष ४२ करोड बराबरको बिक्री भएको थियो ।
जिल्लामा १ हजार ६७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकामा ९७७ हेक्टरबाट उत्पादन भएको छ ।
उनका अनुसार एघार हजार ८२१.७ मेट्रिकटन उत्पादन भएकामा औपचारिक रूपमा ५ हजार ८२१.९ मेट्रिकटन सुन्तला उत्पादन बिक्री हुँदा उक्त कारोवार भएको हो ।
जिल्लाको आँबुखैरेनी, घिरिङ्ग, देवघाट, भीमाद, म्याग्दे, ऋषिङ्ग, बन्दीपुर, व्यास र शुक्लागण्डकी नगरपालिकाका विभिन्न क्षेत्र सुन्तलाखेतीका लागि पकेट क्षेत्रको प्रख्यात मानिन्छन् ।
तनहुँमा उत्पादित अधिकांश सुन्तला दमौली, पोखरा र काठमाण्डुका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका थिए । त्यसका कारण किसान बिक्रीका लागि बजारको समस्या खेप्नु नपर्दा थप उत्साहित देखिएका छन् ।




प्रतिक्रिया