सुदूरपश्चिम प्रदेशसभा संसदीय समितिका सभापतिहरू निर्विरोध निर्वाचित

सुदूरपश्चिम प्रदेशसभा संसदीय समितिका सभापतिहरू निर्विरोध निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेशसभाका ४ संसदीय समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन कार्यक्रमअन्तर्गत चारै समितिका सभापतिमा १/१ जनाले मात्रै उम्मेदवारी दिएकाले सभापतिहरू निर्विरोध भएका हुन् ।

सामाजिक विकास समितिमा नेकपा एमालेका धर्मराज पाठक, सार्वजनिक लेखा समितिमा माओवादीका अक्कल रावल, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का घनश्याम चौधरी र विशेषाधिकार समितिमा कांग्रसेकी तुलसी देवकोटाको मात्रै उम्मेदवारी परेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

पुस ११ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबण्डा भएको थियो । भागबण्डाका आधारमा नाउपाले अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सार्वजनिक लेखा समिति र कांग्रेसले विशेषाधिकार समिति पाउने सहमति भएअनुसार उम्मेदवार परेको हो ।

आईतबार बिहान १०–११ बजेसम्म सभापतिको उम्मेदवारविरुद्ध दाबी विरोधको कार्यसूची छ । दिउँसो १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसूची छ ।

यसअघिका समितिका सभापतिहरू मन्त्री भएपछि समितिका सभापति पद रिक्त थियो । विधायन तथा प्रदेश मामिला समितिमा देवानसिंह विष्ट सभापति छन् ।